१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कुमारी बैंकद्वारा ५४ सयभन्दा बढी व्यक्तिलाई वित्तीय साक्षरता प्रदान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १५:४३:oo

बाह्रौँ संस्करणको ‘ग्लोबल मनी विक’अन्तर्गत कुमारी बैंकले देशभरका शाखाहरूमार्फत पाँच हजार चार सयभन्दा बढी व्यक्तिलाई वित्तीय साक्षरता प्रदान गरेको छ।

बैंकले देशभरका शाखा कार्यलयहरूमार्फत एक सय २३ वटा वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको थियो। जसमा पाँच हजार चार सयभन्दा बढी विद्यार्थी, विभिन्न संघसंस्था तथा समुदायमा आबद्ध सर्वसाधारणले सहभागिता जनाएका बैंकले जनाएको छ।

वित्तीय साक्षरताको अभावमा अनौपचारिक वित्तीय संयन्त्रका विसंगतिका सिकार हुन पुगेका वा हुन सक्ने सम्पूर्ण समुदायमा वित्तीय ज्ञानको सम्प्रेषण गर्दै कुशल वित्तीय व्यवहार विकास गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बैंकको भनाइ छ।

ग्लोबल मनी विकअन्तर्गत बैंकले वित्तीय लक्ष्य निर्धारणका लागि क्याल्कुलेटर सञ्चालन, सामाजिक सञ्जालमार्फत वित्तीय साक्षरतासम्बन्धी क्विज तथा जनचेतना विकासका सामग्री प्रसारणलगायतका कार्यक्रम सञ्चालन गरेको थियो। यसैगरी, वर्षभरि नै वित्तीय साक्षरता प्रवर्द्धनका लागि राष्ट्रिय कलाकारहरूको अभिनयसहितको भिडियो शृंखला तथा सामाजिक विषयवस्तुलाई झल्काउने प्रसंग समेटिएको पुस्तक सार्वजनिक गरिएको थियो।

ad
ad