१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जुम्लामा १६ वर्षमुनिका बालबालिकाबीच दौड प्रतियोगिता हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

जुम्लामा पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ। जयारत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाको आयोजनामा १६ वर्षमुनिका बालबालिकाबीच चैत २५ गते पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको हो।

हरेक वर्षको वार्षिक परीक्षाको अन्तिमतिर र नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि १६ वर्षमुनिका विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापअन्तर्गत दौड प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको स्कुलका प्रधानाध्यापक फुर्वा शेर्पाले बताए। 

दौड प्रतियोगितामा विजेता प्रथम खेलाडीलाई नगद पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कारस्वरूप प्रदान गरिने सहायक प्रधानाध्यापक अमरनाथ योगीले बताए। दोस्रो स्थान हासिल गर्ने खेलाडीलाई तीन हजार, तृतीय खेलाडीलाई दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए।

दौड प्रतियोगिता छात्र र छात्रा दुवै विधामा हुनेछ। जयारत्न कर्णाली बोर्डिङ स्कुलको मैदानबाट सुरु भएर चन्दननाथ मन्दिरअगाडि टुंगिनेछ। १९–२४ चैतसम्म सहभागी खेलाडीले नाम दर्ता गर्न सक्ने समयसीमा रहेको आयोजकले जनाएको छ। दौड प्रतियोगितामा दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ। प्रतियोगितामा ७० हजार रुपैयाँ खर्च अनुमान गरिएको छ। 

प्रतियोगिताको प्राविधिक सहयोगीमा कर्णाली खेलकुद क्लब छ। दौडको रुट कर्णाली बोर्डिङ स्कुलको खेलमैदानको दक्षिण गेटदेखि टेलिकम, हुलाक कार्यालय, बसपार्क, राजासिम, कालेखोली, नन्दाबक्स गणको पूर्वी गेट, मानवचोक, टुँडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिने क्लबका सचिव मधुराज न्यौपानेले बताए।