१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२४:oo

तुलसी : तुलसीले धेरैखाले समस्याको उपचार गर्छ । यसलाई एन्टिअक्सिडेन्टका रूपमा प्रयोग गरिन्छ । खोकी, आस्थमा, टिबी, एलर्जिक ब्रोन्काइटिसलगायत विभिन्न समस्या कम गर्न मद्दत गर्छ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्यामा पनि यो उपयोगी छ । मानिसको प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । 

जेठी मधु : जेठी मधुले पनि खोकी कम गर्छ । तर, यसको प्रयोग थोरै मात्रामा वा आयुर्वेदिक चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । मात्रा बढी भएमा यसले बान्ता गराउनेलगायत समस्या निम्त्याउन सक्छ । यसमा एन्टी माइक्रोबियल र एन्टी एजिङ गुण हुन्छ । 

मरिच : मरिचले रुघाखोकी, टन्सिल, पिनास, दम, टाउको दुखेकोलगायत समस्या समाधानमा सहयोग गर्छ । विशेष गरी, कफ निस्कने खालको खोकीमा मरिचको प्रयोग प्रभावकारी देखिन्छ । खाना खाइसकेपछि दुईवटा मरिच खाँदा खाना राम्ररी पच्छ । 

ल्वाङ : सुक्खा खोकीमा ल्वाङ प्रयोग गर्दा राम्रो हुन्छ । शरीरमा बाथ रोगसम्बन्धी दुखाइ भएको अवस्थामा पनि ल्वाङ प्रयोग गर्न सकिन्छ । दाँतमा दुखाइ भएको अवस्थामा पनि यसले राहत दिन्छ । 

बेसार : यसलाई कोभिडकालमा पनि धेरैले प्रतिरोधात्मक औषधिका रूपमा प्रयोग गरे । यसलाई पनि रुघाखोकी, टन्सिल भएका वेला पानीमा उमालेर पिउन सकिन्छ । 

ज्वानो : ज्वानोपानी रुघाखोकी र ज्वरोमा निकै राम्रो हुन्छ । जिउ, हात दुख्ने, जोर्नी दुख्नेलगायत बाथरोगमा ज्वानोले सहयोग गर्छ । यसले शरीरलाई तातो बनाउँछ ।

मह : रुघाखोकीका लागि महको प्रयोग पनि उपयोगी देखिन्छ । तर, कतिपयले तताएर मह प्रयोग गर्नुहुन्छ, जो स्वास्थ्यका लागि राम्रो हुँदैन । 

सुठो : सुकेको अदुवाको धुलोलाई सुठो भनिन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने, खाना पचाउन सहयोग गर्ने गर्छ । पानीमा सुठो उमालेर पिउँदा दम, रुखाखोकी, श्वासप्रश्वास, ज्वरो, बान्ता, पेट दुख्ने, बाथ, ढाड दुख्नेलगायत समस्या समाधानमा मद्दत मिल्छ ।

ad
ad