१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २२:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती सरकारमा एमालेको प्रवेश, थपलिया बने आर्थिक मामिलामन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:५५:oo

बागमती सरकारबाट बाहिरिएको ठीक एक वर्षपछि एमाले प्रदेश सरकारमा पुनः फर्किएको छ । 
योसँगै एमालेले बागमती प्रदेश सरकारको दोस्रो कार्यकालमा दोस्रोपटक प्रवेश पाएको छ । 

शनिबार एमालेका नेता जगन्नाथ थपलियाले मन्त्रीका रुपमा सपथ लिएसँगै एमालेले बागमती प्रदेशमा दास्रोपटक प्रवेश पाएको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा सपथ लिएका छन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् । 

यसअघि प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले थपलियालाई शनिवार नै मन्त्रीमा नियुक्त गरेका थिए । योसँगै थपलिया बागमती प्रदेशमा दास्रोपटक मन्त्री बनेका छन् । यसअघि पनि थपलियाले आर्थिक मामिला तथा योजनामन्त्रीकै जिम्मेवारी पाएका थिए ।

मन्त्री थपलिया २६ पुस ०७९ मा पहिलोपटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएका थिए । करिव ४ महिना सरकारमा रहेका उनले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण परिवर्तन भएपछि एमाले सरकारबाट बाहिरिएसँगै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

तत्काल नेता थपलियाको नेतृत्वमा एमालेका थप तीनजना मन्त्रीसहित उनी सरकारमा सहभागी भएका थिए । सत्ता गठबन्धन परिर्वतन भसँगै १० चैतमा प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले राजिनामा दिएर बाहिरिएका थिए ।

यसैबीच, एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले नेता थपलियाले मन्त्री पदको सपथ लिएर एमाले सरकारमा रहेको संकेत दिएको बताए । उनले १९ चैतमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएपछि एमालेले बाँकी मन्त्रीहरुको टुंगो लगाएर सरकामा सहभागी गराउने दावी गरे ।

२३ फागुनमा तत्कालीन सत्तासाझेदार दल कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्कट्टेलले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको साथ लिएर १९ गते विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले यसअघि नै १५ चैतमा हानेपाका शैलेन्द्र बज्राचार्यलाई मन्त्रिमा नियुक्त गरिसकेका छन् ।

एक सय १० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेललाई सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक छ । वर्तमान गठबन्धनबाट मुख्यमन्त्री जम्कट्टेलले एमालेका (उपसभामुख सहित) २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद गरी ५७ सांसदको समर्थन पाउने छन् । 
यस्तै, ३७ सांसद रहेको कांग्रेस, सभामुख सहित १३ सांसद रहेको राप्रपा र ३ सांसद रहेको नेपाल मजदुर किसान पार्टी भने प्रतिपक्षमा रहने छन् ।

ad
ad