१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

हाइकुसंग्रह ‘साडेनफ्रोएडा’ लिएर आए कवि विप्लव प्रतीक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१९:oo

लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक हाइकुसंग्रह लिएर उपस्थित भएका छन्। विप्लवको हाइकुसंग्रह ‘साडेनफ्रोएडा’ शनिबार साहित्यिक जमघटबीच विमोचन गरिएको छ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनील थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आमपाठकहरूमाझ यसलाई पस्केको घोषणा गरे। लेखकले उपस्थितहरूको स्वागतमा हाइकु वाचन गरेर समारोहको सुरुवात गरेका थिए।

जापानबाट सुरु भएको हाइकु नेपाली लेखक विप्लवका मर्महरू समेट्दै अघि बढेको छ भने दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘साडेनफ्रोएडा’लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ।

कवितासंग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरू छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकुसंग्रह पहिलोपटक पाठकमाझ प्रस्तुत गरेका हुन्।

‘साडेनफ्रोएडा’लाई पब्लिकेसन नेपालयले अडियो बुकका रूपमा पनि प्रस्तुत गर्दै छ। ४९५ रुपैयाँ मूल्य राखिएको पुस्तकलाई नेपालयले इ-बुकका रूपमा पनि बजारमा उपलब्ध गराएको छ।