१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्डले दियाे २२५ रनको विशाल लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:५३:oo

आयरल्यान्ड ‘ए’सँगको दोस्रो टी–२० अभ्यास खेलमा नेपालले खराब प्रदर्शन गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २२५ रनको विशाल लक्ष्य पाएको छ।

पूरै २० ओभर ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेटको क्षतिमा २२४ रन जोडेको हो। आयरल्यान्डको विस्फोटक ब्याटिङमा पिटर मुर र क्याप्टेन निल रकले अर्धशतकीय पारी खेले। पिटरले २६ बलमै ६५ रनको योगदान गर्दा क्याप्टेन निलले ३४ बलमा ७१ रन जोडेर नटआउट रहे।

यसैगरी, जेम्स म्याककोलमले २६, फियोन ह्यान्डले १९ (नटआउट), रोस अदैर १७, ग्यारेथ डिलेनी १० रन जोड्दा स्टिफन दोहिनी चार र केड क्यारमिकेल एक रन बनाएर पेभेलियन फर्किए।

नेपालका सागर ढकालले तीन विकेट लिँदा कमलसिंह ऐरी र पवन सर्राफले समान एक–एक विकेट लिए। आजको खेलमा नेपाली ब्याटरहरू निकै महँगो साबित भए। दुई ओभर बलिङ गरेका पवन सर्राफले ३४ रन खर्चिए भने दुई ओभर नै बलिङ गरेका आरिफ शेखले पनि ३३ रन दिए।

ad
ad