Skip This
उत्तरपुस्तिका हराएको विषयमा त्रिविले छानविन गर्ने, प्राडा पौडेलको नेतृत्वमा समिति गठन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्तरपुस्तिका हराएको विषयमा त्रिविले छानविन गर्ने, प्राडा पौडेलको नेतृत्वमा समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o२:oo

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । 
त्रिविको बिहीबार बसेको कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।  

समितिलाई उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन दिन कार्यादेश दिइएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षा शास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नम्बर ४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो । ती विषयको चैत २१ गते पुनः परीक्षा हुन लागेको छ ।