१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

त्रिविको लापर्बाही १८३ विद्यार्थीको उत्तरपुस्तिका गायब, पुन: परीक्षाको बोझ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:२९:oo

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट स्नातक तह (बिए) प्रथम वर्षका १८३ परीक्षार्थीको उत्तरपुस्तिका नै हराएको छ । गत वैशाखमा परीक्षा भएको जनसंख्या र ‘फाउन्डेसन अफ एजुकेसन’ विषयको उत्तरपुस्तिका हराएको हो ।

नतिजाको प्रतीक्षामा बसेका विद्यार्थीलाई त्रिविले भने पुनः परीक्षाको बोझ थोपरिदिएको छ । उत्तरपुस्तिका हराएको विद्यार्थीका लागि त्रिविले २१ चैतमा परीक्षा मिति तोकेको छ । त्रिविका सूचना अधिकारी योगन्द्रप्रसाद दाहालले विद्यार्थीलाई मर्का परेकाले छिट्टै परीक्षा लिन लागिएको र दोषीमाथि कारबाही हुने बताए । 

उपकुलपतिको कार्यालयले पनिकाको लापर्बाहीका कारण उत्तरपुस्तिका हराएको ठहर गर्दै यसबारे छानबिन गर्न पनिकालाई नै निर्देशन दिएको छ । उपकुलपति प्रा.डा. केशरजंग बरालले नै उत्तरपुस्तिका हराउनेमाथि कारबाही गर्न छानबिन थालेका छन् । दाहालले २१ चैतमा त्रिविले तोकेको ठाउँमा गएर परीक्षा दिन विद्यार्थीलाई आग्रह पनि गरे । 

ad
ad