१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
राज्यव्यवस्था समितिकाे बुधबारकाे बैठकमा सांसदका प्रश्नकाे जवाफ दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहकारी ठगीको आरोपमाथि गृहमन्त्रीको जवाफ– जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नामबाहेक केही छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा कांग्रेस सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नै कुनै संलग्नता नरहेको बताएका हुन् । 

‘म यति मात्र भन्न चाहन्छु । जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ मेरो नामबाहेक केही छैन । न हस्ताक्षर, न ल्याप्चे छ । न मैले निवेदन दिएको छु । न मेराे केवाइसी भरिएको छ,’ उनले भने । 

सहकारीको पैसा ठगीको अनुसन्धानपछि मुद्दा अदालतमा पुगेको र त्यसमा पनि आफ्नो नाम कतै उल्लेख नभएको उनले जिकिर गरे । ‘मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । अदालतमा दर्ता भएको सो मुद्दामा म प्रतिवादी छैन । पक्राउ परेकाको बयानमा पनि मेरो नाम जोडिएको छैन । एउटा जाहेरी छ, जुन प्रहरीले सूचनाका रूपमा ग्रहण गरेकोबाहेक दर्ता गरेको छैन भन्ने मैले जानकारी पाएको छु।’

गृहमन्त्रीले यो विषय आफू सरकारका आउनुभन्दा निकैअगाडिको भएको भन्दै अहिले आफू गृहमन्त्री भएपछि पनि अनुसन्धान प्रभावित पार्न कुनै निर्देशन नदिएको बताए । 

उनले जवाफ दिइरहँदा समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्रीलाई यो विषय अहिले समितिको बैठकको एजेन्डा नभएकाले जवाफ दिइरहन आवश्यक नरहेको बताएका थिए । 

तर, लामिछानेले ‘बात निकलेगीको बहुत दूरतलक जाएगी’ भन्दै आफूलाई मतदान गर्ने जनताको सम्मानका लागि जहाँ प्रश्न उठ्छ, त्यहाँ जवाफ दिने बताए । ‘यहाँ जवाफ दिनु पर्दैन भनिए पनि मलाई भोट हालेका जनताको सम्मानका लागि जहाँ प्रश्न उठ्छ, त्यहीँ जवाफ दिन्छु,’ उनले भने ।