१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनलाइनबाटै पटके कर भुक्तानीको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:३६:oo

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइनमा आधारित अस्थायी बाटो इजाजतपत्र (पटके) सेवा सुरु गरेको छ । बागमतीका यातायातमन्त्री लक्ष्मण लम्सालले मंगलबार यातायात सेवा कार्यालय, भक्तपुरमा आयोजित एक कार्यक्रमबीच अनलाइन सेवाको सुरुवात गरेका हुन् ।

अनलाइनमार्फत भुक्तानी सुरु भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास लिएको मन्त्री लम्सालले बताएका छन् । अस्थायी पटके कर भुक्तानीका लागि चालकले कार्यालय नै धाउनुपर्ने र कर्मचारी नहुँदा सेवा लिन सास्ती खेप्दै आएका थिए ।

‘अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न गरी डिजिटल सेवा दिन ६–७ महिनाअगाडिदेखि काम थालिएकोमा अबदेखि घरबाट नै सेवाग्राहीले सेवा लिन पाउने वातावरण तयार गरिएको छ,’ मन्त्री लम्सालले भने ।

अनलाइन सेवापछि यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीमैत्री, पारदर्शी र व्यवस्थित बनाइनुका साथै रातिको समयमा पटके इजाजतको सेवा लिने र दिनेबीच मानवीय दृष्टिले पनि सहज बनाइएको मन्त्री लम्सालको भनाइ थियो । उनले कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो हुने गरी ढिलै भए पनि अनलाइन सेवा सुचारु गरेर कर तिर्ने व्यवस्था मिलाइएको बताए ।

कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भिड कम हुने र चुस्त सेवा प्रदान गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेकी थिइन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं डिआइजी पोषराज पोखरेलले सहज ढंगले कर तिर्न पाउने जनताको अधिकारलाई अनलाइन सेवाले सहयोग मिल्ने बताए ।

ad
ad