Skip This
ब्राजिलियन फुटबलर ग्राब्रियल दुई वर्ष प्रतिबन्धित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १४ बुधबार
  • Saturday, 27 July, 2024
एजेन्सी
२o८o चैत १४ बुधबार o९:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ब्राजिलियन फुटबलर ग्राब्रियल दुई वर्ष प्रतिबन्धित

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८o चैत १४ बुधबार o९:२१:oo

प्रतिबन्धित औषधि प्रयोग गरेका ब्राजिलियन स्ट्राइकर ग्राब्रियल कारबाहीमा परेका छन् । एन्टी डोपिङ संस्थाले ग्राब्रियलबाट प्रतिबन्धित औषधि सेवन गरेको ठहर गरेको छ । यसैकारण, उनी दुई वर्ष प्रतिबन्धित भएका हुन् । स्थानीय मिडियाहरूले २७ वर्षीय खेलाडीले खेलको अघिल्लो दिन शक्ति बढाउने औषधि प्रयोग गरेका थिए । ब्राजिलको राष्ट्रिय फुटबल टोलीबाट १८ पटक प्रतिस्पर्धा गरेका ग्राब्रियलले आफूले कुनै लागु औषधि प्रयोग नगरेको दाबी गरेका छन् । ‘मैले कहिले पनि यस्तो किसिमको परिश्रण गरेको थिइनँ, मलाई विश्वास मैले यस मुद्दाबाट सफाइ पाउनेछु,’ उनले स्थानीय मिडियासमक्ष भनेका छन् । 

सन् २०१६ को रियो ओलम्पिकमा ब्राजिलले स्वर्ण जित्दा उनी टोलीकै महत्वपूर्ण खेलाडी थिए । ग्राब्रियलले अब उच्च अदालतमा अपिल गर्नेछन् । उनले सम्भवतः उच्च अदालतसँगै खेलको सर्वोच्च निकाय कोर्ट अफ आर्विटेसन (कास)मा अपिल गर्ने भएका छन् । ब्राजिलियन एन्टी डोपिङ कन्ट्रोल संस्थाले खेलाडीले खेलअघि प्रतिबन्धित औषधि सेवन गरेको जनाएको छ । 

तर, ग्राब्रियलले करिअरमा गलत काम कहिले नगरेको र त्यस किसिमको औषधि सेवन नगरेको स्पष्ट पारेका छन् । ‘जुन वेलादेखि फुटबल खेल्न थाले, त्यसै समयदेखि इमानदारपूर्वक खेलिरहेको छु, मलाई थाहा छ, प्रतिबन्धित औषधि सेवन गरेपछि के हुन्छ,’ उनले भने, ‘मैले कैयौँपटक डोपिङ टेस्ट गरेको थिएँ, जहिले पनि सफल भएँ ।’ 

उच्च अदालतमा अपिल गर्ने
डोपिङ कन्ट्रोल संस्थाअनुसार उनी २३ अप्रिल २०२३ देखि प्रतिबन्धमा पर्नेछन् । अहिले उनी इटालीको सिरिए क्लब फलेमिगोमा आबद्ध छन् । कास र उच्च अदालतबाट सफाइ नपाउँदासम्म उनले प्रतिबन्धको समय विताउनु पर्ने छ । २०२५ को सुरुमा मात्र उनको प्रतिवन्ध फुकुवा हुने छ । यसैगरी, फलेमिगो क्लबले आफ्ना खेलाडीको बचाउ गर्दै कासमा अपिल गर्ने जनाएको छ । ‘क्लबको जिम्मेवारी भनेको खेलाडीको जीवन पनि सुरक्षा गर्नु हो, हामी ग्राब्रियलमाथि लागेको आरोपविरुद्ध कासमा अपिल गछौँ,’ फलेमिगोले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हामी यति विश्वस्त छोँ, खेलाडीबाट कुनै गलत काम भएको छैन ।’ 

सन् २०२० मा उनी बार्वोसाबाट फलेमिगोमा आबद्ध भएका थिए । यसबीच उनले एक सिजन लोनमा इन्टर मिलानमा आबद्ध भएका थिए । सन् २०१६ मा उनले पानामाविरुद्ध ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले अहिलेसम्म पाँच अन्तर्राष्ट्रिय गोल गरेका छन् ।