१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
फाइल तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका
Invalid date format १३:३३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुरधाममा आज होली मनाइँदै, मधेश प्रदेशमा बिदा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३३:oo

मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेशका अन्य जिल्लामा सोमबार नै मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धुमधामका साथ मनाइँदै छ। बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एक–अर्कालाई रङ–अबिर दली होली पर्व मनाइरहेका छन्।

पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह (पञ्चकोशी) परिक्रमाको एक दिनपछि जनकपुरधाममा होली हुने भएकाले यसपालिकाे हाेली आज मनाउन लागिएको हो। यति मात्रै होइन, जनकपुरधाममा केहीले बुधबार पनि होली मनाउने जनाइएको छ। जनकपुरधामबाहेक मधेश प्रदेशका अन्य जिल्ला तथा जनकपुरधाम अवस्थित धनुषा जिल्लाकै विभिन्न ठाउँमा सोमबार नै होली मनाइसकिएको छ।

होलीको दिन मानिसले एक–अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक–अर्कालाई रंगीन बनाउँछन्। नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ । होलीका लोकगीत, संगीतले आज बिहानदेखि जनकपुरधाम गुञ्जायमान भएको छ। 

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा फागुनको आगमनदेखि नै होलीको मौसम आएको मानिन्छ । ठट्टामजाक गर्ने छुट रहेको पाइन्छ। सबैलाई खुसी लाग्ने पारामा जिस्क्याउने प्रचलन छ।

यहाँ फागु पूर्णिकाको दिन आफ्नो कुलदेवतालाई अबिर, सिन्दूर, चढाई पूजा गरिन्छ। विभिन्न परिकार बनाई खुसियाली साथ खाने–खुवाउने चलन छ। 

खानापछि एक–अर्कालाई अँगालो मारी माया–प्रेम बाँड्ने चलन छ। दिनभरि झुन्डका झुन्ड भई घरमा गई होलीसम्बन्धी गीत गाउने, एक–अर्कालाई अबिर लगाई नरिवल, सुपारी, बदाम तथा छोकडा दिई स्वागत गरिन्छ।

मधेशको यो परम्पराले नै होलीको वास्तविक अर्थ झल्काउँछ । यसले एक–अर्काबीचको सम्बन्ध बढाउने, माया साटासाट गर्ने र भ्रातृत्व तथा सदभाव बढाउने अवसर दिन्छ। त्रेतायुगमा भगवान् विष्णुका परम् भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ। 

हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै फुपू होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन् र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ।

अर्को एक प्रसंगअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी कंसकी सेना पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिएकाले त्यसको शवलाई ब्रजवासीले यसै दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकाले त्यसैको सम्झनामा अद्यावधिक चिरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ छ। 

यस अवसरमा मधेश प्रदेश सरकारले आज पनि सार्वजनिक बिदा दिएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले बताए।