मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o चैत १३ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १३ मंगलबार १२:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैरकानुनी रूपमा नेपालमा बसेका पाँच बंगलादेशी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १३ मंगलबार १२:o२:oo

प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बंगलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा बंगलादेशको ढाका घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। 

उनका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बंगलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढंगले बसोवास गर्नाका साथै शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरूलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो। निजहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए।