१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o९:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o९:३४:oo

चम्पादेवी : काठमाडौंबाट सवारीसाधनमार्फत छोटो समयमै चम्पादेवी पुग्न सकिन्छ । चोभारको टौदहबाट यात्रा सुरु गर्न सकिन्छ । अर्काे, कीर्तिपुरको मच्छेगाउँबाट पनि जान सकिन्छ । यहाँबाट हिँड्दै फर्पिङ पुगेर फेरि फर्कन सकिन्छ । चुचुरोमा पुगेपछि पहाडी शृंखलाको अवलोकन गर्न पाइन्छ । छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ । 

लाँकुरीभञ्ज्याङ : लाँकुरीभञ्ज्याङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । यो क्षेत्र पिकनिक स्पटका लागि पनि चर्चित छ । हरियाली वनजंगलको दृश्यावलोकन गर्दै रमाइलो गर्न सकिन्छ । 

चन्द्रगिरि : चन्द्रागिरि अर्को चर्चित हाइकिङ ट्रेल हो । यो कीर्तिपुरको मच्छेगाउँबाट सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणका वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि ‘कालु पाँडे फोर्ट’ भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्काे ट्रेल थानकोटको गोदामचौरबाट पनि छ ।

ad
ad