१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ३ बिहीबार o६:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आठौँ विराट गोल्डकप : रोयल थिम्पुले उद्घाटन खेलमा पुलिससँग खेल्ने

दिवा–रात्रिमा गोल्डकपको तयारी खेलका चारवटा फ्लड लाइटको परीक्षण गरिएको छ

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१o:oo

आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटनमा विभागीय टोली नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । विराटनगरको सहिद मैदानमा १५ चैतदेखि सुरु हुने गोल्डकप रात्रिकालीन हुनेछ । दिवारात्रिकालीन खेलका लागि चारवटा फ्लड लाइटको परीक्षण गरिएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिएका छन् । मैदान व्यवस्थापन समितिका संयोजक अरुण लामाले गत २९ माघबाट मैदान तयारीको काम सुरु भएको बताए ।

‘हामीले कोशी प्रदेशका लागि महत्वपूर्ण रहेको गोल्डकपमा खेल्ने खेलाडीका लागि गुनासो आउन नदिने गरी खेलमैदान तयार गरिसकेका छौँ,’ लामाले भने । मैदान व्यवस्थापनका लागि संयोजक लामा, सहसंयोजक मदन काफ्लेसहित ६ जना श्रमिक निरन्तर खटिरहेका छन् । मैदानलाई स्तरीय बनाउन घाँस काटेर मिलाउने, डिजाइन दिने र रेखा कोर्ने कार्य धमाधम भइरहेको लामाले बताए । दर्शकदीर्घाका लागि पारापिट रंगरोगन, मर्मतको कामसमेत भइरहेको छ । विराटनगर महानगरपालिकाले प्रतियोगितालाई ब्यवस्थित बनाउन १० लाख रुपैयाँ उपलब्ध गराएको छ । दक्षिणतर्फको पारापिट मर्मत र चौतर्फी फ्याराफिट रंगरोगन भैसकेको छ । 

विजेताले ११ लाख पाउने
२४ चैतमा हुने फाइनलको विजेताले ११ लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ पाउनेछन् । गोल्डकप सफलतापूर्वक आयोजना गर्न एक करोड १८ लाख ४३ हजार रुपैयाँ लाग्ने ट्रस्टले जनाएको छ । ट्रस्टले पहिलोपटक आफैँ आयोजक बनेर प्रतियोगिता गर्न लागेको हो । यसैबीच, ट्रस्टका सचिव ध्रुव सिग्देलले प्रतियोगिता ड्र निकालिएको जनाए । 

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, रोयल थिम्पु, नेपाल पुलिस, एपिएफ र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड छन् । समूह ‘बी’मा भारतको सिक्किम ड्रायगन्स, साउर्थन समिति कोलकाता, त्रिभुवन आर्मी फुटबल क्लब, न्युरोड टिम, मच्छिन्द्र फुटबल क्लब रहेको सिग्देलले बताए । ०६८ साल देखि विराट गोल्डकप नामबाट प्रतियोगिता सुरु भएको हो । 

ad
ad