१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

प्रभु क्यापिटलद्वारा वित्तीय सचेतना कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:४o:oo

ग्लोबल मनी विक २०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ र ९ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

प्रभु क्यापिटलले चैत ८ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई आफ्नो कार्यालयमा मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजी बजार, लगानी तथा जोखिमबारे  जानकारी दिएको थियो। चैत ९ गते पब्लिक युथ क्याम्पसका विद्यार्थीलाई सेयरमा कसरी लगानी गर्ने, वित्तीय बजार र धितोपत्र बजारसम्बन्धी जानकारी गराएको थियो।

ग्लोबल मनी विक– २०२४ अन्तर्गत कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा थिए। यस कार्यक्रममा विद्यार्थीले मर्चेन्ट बैंकले गर्ने कार्य, पुँजी बजार, लगानी तथा जोखिमबारे ज्ञान हासिल गरेका छन्।

केन्द्रीय व्यवस्थापन विभागमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षकले लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापनसहित पुँजी बजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी विद्यार्थीलाई मर्चेन्ट बैंकले गर्ने कामकाज तथा कार्यशैलीलाई विस्तारित रूपमा व्याख्या गर्नुका साथै पुँजी बजारको विभिन्न उपकरणको अवसर तथा जोखिमबारे प्रकाश पारेका थिए।

पब्लिक युथ क्याम्पसका विद्यार्थीलाई कसरी सानै उमेरदेखि आफूसँग रहेको पैसालाई एकीकृत गरी पुँजी निर्माण गर्ने, जोखिम पहिचान र व्यवस्थापन, पुँजी विनियोजनको रणनीति तथा विभिन्न लगानीहरूको अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो।

ad
ad