१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १२ सोमबार १०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०८० चैत १२ सोमबार १०:४५:००

अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ  । वडा नम्बर ७ नन्देगडाको सुयडीमा भएको ट्याक्टर दुर्घटनामा दुईजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका– १ रिसिदहका रहेका छन् । रिसिदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरव धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घाइते हुनेहरूमा सोही स्थानका ४२ वर्षीय लालबहादुर धामी र ४२ वर्षीय  हंस धामी रहेका छन् । 

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडीनजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका– का अध्यक्ष तिलख कठायतले जानकारी दिए । 

मृत्यु हुनेमा सबै पुरुष रहेको जनाइएको छ । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ