१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितपुरको ढोलाहिटीमा ग्याङफाइट हुँदा दुईजनाको  मृत्यु, १८ जना प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o९:oo

गएराति ललितपुर महानगरपालिका– २६ स्थित ढोलाहिटीमा दुई समूहबीच ग्याङफाइट हुँदा दुईजनाको मृत्यु भएको छ । राति ९ बजेतिर भएको घटनामा धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षका पुजन राईको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकहरूको शव पाटन र सुमेरू अस्पतालमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको छ ।

 सो घटनामा संलग्न १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलबाट प्रहरीले चुप्पी बरामद गरेको छ ।

ad
ad