Skip This
१ वैशाखदेखि काठमाडौं महानगरभित्र दुई चरणमा नक्सा स्वीकृत हुने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ११ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ११ आइतबार o८:५५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१ वैशाखदेखि काठमाडौं महानगरभित्र दुई चरणमा नक्सा स्वीकृत हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ११ आइतबार o८:५५:oo

काठमाडौं महानगरपालिकाले आगामी १ वैशाखदेखि दुई चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो ।

सरकारी, अर्धसरकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रूपमा आकस्मिक विपत् व्यवस्थापन योजना पेस गर्नुपर्नेछ ।

महानगरपालिकाको सहरी व्यवस्थापन विभागले वडासचिव र वडाका इन्जिनियरका लागि आयोजना गरेको ‘भवन निर्माण मापदण्ड २०८० तथा भवन संहितासम्बन्धी’ अभिमुखीकरण कार्यक्रममा यससम्बन्धी जानकारी दिइएको हो । अभिमुखीकरणमा उपप्रमुख सुनिता डंगोलले, कर्मचारीहरूले निष्पक्ष र तटस्थ सेवा प्रदान गरिरहेकोमा विश्वास गरिरहेको बताइन् ।

‘विधि र पद्धति तपाईंहरूका आधारभूत सीमा हुन् । त्यसको मर्यादाभित्र रहेर सेवा प्रवाह गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा हो । कानुनमा नलेखिएका विषयमा निर्णय गर्दा पनि विवेकको प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘प्राविधिकहरूले निर्माण गर्ने स्थलगत प्रतिवेदन तथ्यमा आधारित र विषयको विस्तृत जानकारी हुने विवरण आवश्यक छ । यसमा ध्यान दिनुहोला ।’