१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक लाख ३५ हजार मूल्यबराबरको अवैध सामान बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२o:oo

बाँके प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयको टोलीले नेपालगन्ज उपमहानगरपालिका– १ धम्बोझीस्थित शिव मन्दिरनजिकबाट एक लाख ३५ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको हो।

अवैध सामान गोदाममा राखेको भन्ने सूचनाका आधारमा खानतलासी गर्दा भन्सार छलेर ल्याएको अवैध सामान फेला परेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले जानकारी दिए।

उनका अनुसार प्रहरीले जुस, पाउडर, आइसक्रिम, डार्क चोको पेस्ट, प्लास्टिकको प्याकेटलगायतका सामान बरामद गरेको हो। बरामद सामान थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए।

ad
ad