१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:१३:oo

वानिरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ।

कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत प्रा. पुष्कर लोहनीलाई रु. एक लाख राशिको ‘वानिरा प्रज्ञा पुरस्कार, नेपाली रंगमञ्च तथा चलचित्रकलामा विगत छ दशकदेखि निरन्तर समर्पित रही नाट्यकलाको विकासमा विशिष्ट योगदान गरेबापत रु. एक लाख राशिको ‘वानिरा शंकर पुरस्कार’ मदनदास श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको हो।

कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्द्धनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई रु. ५० हजार राशिको ‘वानिरा पुरस्कार’ प्रदान गर्ने निर्णय भएको फाउन्डेसनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए। 

साहित्यकार डा. वानिरा गिरीको स्मृतिमा स्थापित सो फाउन्डेसनको संस्थापक, संरक्षक तथा दाता  शंकर गिरी र अध्यक्ष इन्दिरा प्रसाईं छन्। 

ad
ad