१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विकासे स्याउखेतीमा मनाङका किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:३५:oo

हिमाली जिल्ला मनाङका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री–वितरण गरी जीविकोपार्जन गर्दै आएका मनाङका किसान स्याउखेतीमा आकर्षित भएका हुन् । 

मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–८, ताचैका सोलबहादुर गुरुङको परिवारले परम्परागत खेती गर्दै आएको थियो । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेको उनले बताए । मनाङमा अधिकांश कृषकले यस प्रविधिको स्याउखेती अनुसरण गर्दै आएको कृषि ज्ञानकेन्द्र मनाङका प्रमुख मदन रेग्मीले बताए । उनका अनुसार उत्पादन वृद्धि हुँदा आयस्तर बढ्ने भएकाले किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउखेती विस्तार भइरहेको उनले बताए । 

कृषि ज्ञानकेन्द्र मनाङको तथ्यांकअनुसार १३ हजारभन्दा बढी क्षेत्रफलमा यो प्रविधिको स्याउखेती विस्तार भएको छ । मनाङमा उत्पादित स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, चितवन, काठमाडौंदेखि अन्तर्राष्ट्रिय बजारसम्म निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

परम्परागत स्याउखेतीलाई परिष्कृत गर्दै आम्दानी बढाउन हाइब्रिड स्याउखेती गर्न थालिएको छ । परम्परागत खेतीबाट मिहिनेतअनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउखेती गर्न थालेका हुन् । सुरुवातमा एग्रो मनाङले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी एप्पल’ खेती गरेको थियो । 

ad
ad