१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्य अधिकृतको सेवा प्रवेश उमेरहद ४५ कायम गर्न सर्वोच्चको आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

सर्वोच्च अदालतले स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेरहद ४५ वर्ष कायम गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ।

स्वास्थ्य सेवा ऐन, २०५३ ले अधिकृतस्तरको सेवा प्रवेशको उमेरहद ४५ राखे पनि पछिल्लो समय उमेरहद ३५ राखेर विज्ञापन गरिएपछि सर्वोच्चमा एनएमएले मुद्दा दायर गरेको थियो। सरकारलाई विपक्षी बनाई दायर गरिएको मुद्दामा बिहीबार सर्वोच्चले सो आदेश जारी गरेको हो।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकारका नाममा अन्तरिम आदेश जारी गर्नुका साथै कारण देखाउ आदेशसमेत दिएको हो।

स्वास्थ्य सेवा ऐन, २०५३ मा अधिकृतको प्रवेश उमेरहद ४५ वर्ष स्पष्ट रूपमा उल्लेख भए तापनि पछिल्लो समय स्थानीय तह, प्रदेश सरकार र केही प्रतिष्ठानहरूले उम्मेदवारको उमेरहद ३५ वर्ष राखेर विज्ञापन गरिरहेकोले अदालत जानुपरेको महासचिव डा. सञ्जीव तिवारीले बताए।

स्वास्थ्य सेवा ऐन, २०५३ को दफा १२ मा स्वास्थ्यतर्फ अधिकृत तहको पदमा स्थायी नियुक्त हुन २१ वर्ष पूरा भएको र ४५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।