१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:o९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

६ महिनाभित्र गोदावरीमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

तीन वर्षपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने

कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र आगामी ६ महिनाभित्र सञ्चालनमा आउने भएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका अनुसार केन्द्र निर्माणको भौतिक प्रगति करिब ९० प्रतिशत छ ।

एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत भ्याटबाहेक ४५ करोड ७७ लाख रुपैयाँको लागतमा चौकीडाँडा सामुदायिक वन क्षेत्रमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको हो । चीनको सिचुवान प्रोभेन्स जियोलोजिक इन्जिनियरिङ कम्पनीले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिरहेको छ । 

कम्पनीका कन्ट्र्याक्ट म्यानेजर नारायण रिजालले सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । ०७९ असोजमा निर्माण सम्झौता भएको फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण सक्नुपर्ने अवधि आगामी असोजसम्म छ ।

फोहोरमैला व्यवस्थापन गर्ने सेल, कम्पाउन्ड, दिसाजन्य फोहोर राख्ने प्लान्ट, फोहोर प्रशोधन ब्लकलगायत काम अन्तिम चरणमा पुगेका उनले बताए । फिनिसिङ र साढे दुई किलोमिटर पहुँच मार्ग निर्माणको काम बाँकी रहेको बताए । ‘फोहोरमैला व्यवस्थापन केन्द्र तीन वर्षसम्म हामीले नै व्यवस्थापन गर्ने हो । त्यसपछि नगरपालिकालाई हस्तान्तरण गर्छौँ,’ उनले भने ।

गोदावरी नगरपालिका क्षेत्रबाट अहिले दैनिक करिब दुई टन फोहोरमैला संकलन हुन्छ । यहाँको मुख्य बजार अत्तरिया हो । संकलित फोहोरलाई मालाखेती सामुदायिन वनभित्र गोदावरी नदीले कटान गरेको क्षेत्रमा व्यवस्थापन गर्ने गरिएको नगरपालिकाको फोहोर व्यवस्थापन सुपरभाइजर प्रमल महराले बताए । ‘अहिले नदीले कटान गरेको क्षेत्रमा फोहोर फालेर पुरिरहेका छौँ, फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए फोहोर व्यवस्थापन गर्न निकै सहज हुनेछ,’ उनले भने, ‘फोहोर कहाँ फाल्ने भन्ने समस्या समाधान हुनेछ ।’ नगरले १२ वटा वडामध्ये आठवटा वडाबाट दैनिक र साप्ताहिक रूपमा फोहोर संकलन गर्ने गरेको छ ।

फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने फोहोरमैलाको वर्गीकरण गरिनेछ । कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने, तर पुनः प्रयोग गर्न सकिने बस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोतसमेत बन्ने बताइएको छ । कुहिने फोहोर तथा दिसाजन्य वस्तुबाट मलखाद उत्पादन गरिने निर्माण कम्पनीका कन्ट्र्याक्ट म्यानेजर रिजालले जानकारी दिए ।