१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format o८:२६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठ महिनामा १६३२ श्रमिकले लिए टेलिमेसिन सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२६:oo

 चालू आर्थिक वर्ष ०८०/८१ को फागुन महिनासम्ममा एक हजार ६ सय ३२ जना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बुधबार वीर अस्पताल पुगी टेलिमेडिसिन सेवाको विषयमा जानकारी लिएका थिए ।

तथ्यांकअनुसार मलेसियाबाट ३९४, साउदी अरब ३१०, युएई १९२, कतार १७५, कुवेत १७१, कोरिया १५७, ओमान ५७, साइप्रस ५३, जापान ४०, रोमानिया ३५, बहराइन १२, जाम्बिया १०, जर्मनी ९, माल्दिभ्स ७, इराक ४, माल्टा ३, युके १० र अफ्रिकाबाट एकजना श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । वैदेशिक रोजगार बोर्डले श्रमिकहरूका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ । 

टेलिमेडिसिनमा सेवामार्फत चार सय श्रमिकलाई स्वास्थ्य तथा औषधिसम्बन्धी परामर्श उपलब्ध गराइएको छ । २७३ जनालाई सर्जरीसम्बन्धी परामर्श, १८३ अर्थोपेडिक, २१७ जनालाई इएनटी, १२५ छालासम्बन्धी, २३५ मानसिक समस्या, १९ आँखासम्बन्धी, ३१ दाँतसम्बन्धी, ४२ जनालाई पेटसम्बन्धी, ४४ जनालाई युरोलोजीसम्बन्धी र ६३ अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डमार्फत टेलिमेडिसिन सेवा सुरु गरेको हो । बोर्डले गत १० चैत ०७९ देखि सेवा सञ्चालनमा ल्याएको हो । बोर्डले वीर अस्पतालबाट नै यो सेवा सञ्चालन गर्दै आएको छ । श्रमिकले फेसबुक, ह्वाट्सएप, भाइबर, इमोलगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यो सेवा लिन सक्नेछन् । टेलिमेडिसिन सेवासम्बन्धी जानकारी लिँदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाइने बताए । 

बोर्डको सहकार्यमा वीर अस्पतालले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म यो सेवा सञ्चालन गर्दे आएको छ । प्रत्येक साताको शुक्रबार र आइतबार श्रमिकको स्वास्थ्य समस्याको आधारमा विशेषज्ञ चिकित्सक समेत उपलब्ध गराइन्छ ।