१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठगी आरोपमा नेपाल प्रहरीका सइ निलम्बित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

एकल महिलालाई ठगी गरेको आरोपमा नेपाल प्रहरीका नायब निरीक्षक,(सइ) निलम्बनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले सइ मदन तामाङलाई निलम्बन गरेको हो।

पीडित महिलाले दिएको उजुरीका आधारमा छानबिन गरी उनलाई मंगलबार निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सवारी महाशाखामा कार्यरत तामाङले ती महिलालाई ५४ लाख ठगी गरेको छानबिनमा देखिएकाे थियो। विवाह गर्नेसमेतकाे आश्वासन दिएर उनले ठगी गरेकाे छानबिनबाट पुष्टि भएको हो।