१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अर्थमन्त्री वर्षमान पुनसँग अर्थमन्त्रालयमा बुधबार भेट गर्दै रुसी राजदूत अलेक्सेई ए. नोभिकोभ । तस्बिर : अर्थमन्त्रीकाे सचिवालय ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुसी सेनामा भर्ती भएका नेपाली स्वदेश फर्कन इच्छुक नरहेकाे रुसी राजदूतकाे दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:o८:oo

रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुसी सेनामा भर्ती भएका नेपाली युवाले स्वदेश फर्किन अनिच्छा देखाएको बताएका छन् । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली स्वदेश फर्कन इच्छुक नभएको आफूले खबर पाएको बताएका हुन् । 

‘नेपालले पठाएर र हामीले आह्वान गरेर उनीहरू सेनामा भर्ती भएका होइनन् । स्वेच्छाले भर्ती भएकाले स्वदेश फर्क भन्दा पनि धेरै नेपाली नफर्कने मनस्थितिमा रहेको खबर हामीले पाएका छौँ,’ राजदूत नोभिकोभले भने ।  

भेटमा नेपालको जलविद्युत् र मल कारखानामा रुसी लगानी भित्र्याउन पहल गर्न आग्रह गरेका अर्थमन्त्री पुनले छुट्टै प्रसंगमा द्विपक्षीय सम्झौताविना नै रुसी सेनामा नेपाली युवा भर्ती भएको विषयमा राजदूत नोभिकोभसँग चासो राखेका थिए । 

उनले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्तीको वातावरण बनाउन रादजूत नोभिकोभलाई आग्रह गरेका थिए । यस्तै, उनले रुस–युक्रेन युद्धमा मृत्यु भएकाको शव नेपाल ल्याउने वातावरण बनाउन, घाइतेको उपचार तथा मृतक परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न रुसको ध्यानाकर्षण गराएका थिए । 

‘रुसी सेनामा आफ्ना नागरिक भर्ती गराउने हाम्रो नीति नभएको विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै स्पष्ट गरिसकेकै छ । तैपनि विभिन्न बाटो भएर गएका नेपाली रुसी सेनामा भर्ती भएका छन्,’ यसमा नेपाल सरकार र आमजनताको गम्भीर चासो र चिन्ता छ । म यहाँमार्फत रुस सरकारलाई रुसी सेनामा कार्यरत नेपालीको घर फिर्तीको वातावरणका लागि आग्रह गर्दछु,’ मन्त्री पुनले भनेका थिए ।  

जवाफमा राजदूत नोभिकोभले नेपालीलाई सेनामा भर्ती गर्ने कार्यमा नेपाल सरकार दोषी नभएको तथा रुसले पनि उनीहरूलाई बोलाएर भर्ती नगरेको तर्क गर्दै भारत र दुबईसहित विभिन्न मुलुकबाट अवैध रूपमा गएका नेपाली स्वेच्छाले सेनामा भर्ती भएको बताएका थिए । 

ad
ad