१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकमा कांग्रेसले आज पनि उठायो छानबिन समितिको माग

सांसद ईश्वरीदेवी न्यौपानेकाे प्रश्न, ‘प्रधानमन्त्री लिएकाे पैसा फर्छ्याैट भइसक्याे भन्नुहुन्छ, गृहमन्त्री लिएकै छैन, झुठ कसले बोल्यो ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४५:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा पनि कांग्रेसले सहकारीको रकम अपचलनको अभियोग लागेका गृहमन्त्रीको संलग्नताबारे जाँचबुझ गर्न छानबिन समिति माग गरेको हो । 

आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले यस प्रकरणमा प्रधानमन्त्रीको जवाफपछि सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निष्पक्ष अनुसन्धान हुने स्थिति नदेखिएको भन्दै छानबिन समिति नै बनाउनुपर्ने अवस्था आएको बताइन् । 

सहकारीको रकम चलाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीकै भनाइ बाझिएको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीले हिजो जवाफ दिने क्रममा रवि लामिछानेले पोखराको सहकारीबाट लिएको रकम फर्स्याेट भइसकेको पाइएको बताउनुभयो । तर, केही दिनअघि पोखरामै पत्रकार सम्मेलन गरेर रवि लामिछानेले नै आफूले कुनै सहकारीबाट पैसा नलिएको र कुनै सहकारीमा आफू सदस्य पनि नरहेको बताउनुभएको थियो,’ सांसद न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले झुट बोल्नुभयो कि रवि लामिछानेले ?’

प्रधानमन्त्री र गृहमन्त्रीकै कुरा बाझिएकाले पनि निष्पक्ष छानबिनका लागि समिति बनाउनुपर्ने उनको भनाइ थियो । 

उनले सहकारी ठगीको विषयलाई कांग्रेसले राजनीतीकरण गर्न खोजेको भन्ने विषयको प्रतिवाद गर्दै कांग्रेसले हिजो सत्तामा हुँदा पनि पटकपटक यो विषय उठाएको स्मरण गराइन् ।