१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार ११:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकले ल्यायो रिकरिङ निक्षेप गोल क्याल्कुलेटर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:२३:oo

कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरणका रूपमा रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ । बैंकले ग्लोबल मनी विकको १२औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको हो । ग्लोबल मनी विक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो । यसले युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउने र वित्तीय चुनौतीको पहिचान र सो समाधानका उपाय सिकाउने गर्छ । बैंकले पनि यस अभियानमा जोडिएको जनाएको छ ।

प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताका साथ सशक्त बनाउन सहयोग गर्नै बैंकले जनाएको छ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्ने हुनाले यसबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावना अनुमान गर्न सक्ने बैंकको दाबी छ । 

बैंकको वेबसाइटमा एमआई क्याल्कुलेटरलगायतका अन्य धेरै डिजिटल उपकरण उपलब्ध भएको जनाइएको छ । हाल बैंकले देशभरमा तीन सय दुई शाखा, तीन सय १४ एटिएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ५१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।

ad
ad