१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ५ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ५ सोमबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरण : महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ५ सोमबार १८:५८:oo

पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न प्रहरीले चार दिनको म्याद पाएको छ।

जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई चार दिनको समय दिएको हो। उनलाई सोमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिएका थिए।

यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो।