सामसङ इलेक्ट्रोनिक्सले परिष्कृत सुरक्षासहित नेपाली बजारमा ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।
दुवै फोनमा ‘सामसङ नक्स भल्ट’जस्ता उच्च सुरक्षा सुविधासहित नयाँ फोटोग्राफी र भिजन बुस्टर तथा प्रयोगकर्ताको परिवेशअनुरूप समायोजन हुने शानदार डिस्प्ले रहेको कम्पनीले जनाएको छ।
ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ दुवैमा अविश्वसनीय फोटोग्राफी क्षमताहरू छ। यसमा ‘अप्टिकल इमेज स्टेबिलाइजेसन’ र ‘भिडियो डिजिटल इमेज स्टेबिलाइजेसन’जस्ता सुविधाहरू समावेश छन्।
यी नयाँ उपकरणहरूले ग्यालेक्सी ए सिरिजको रमाइलो र इमर्सिभ मोबाइल अनुभवहरू सबैका लागि पहुँचयोग्य बनाउने क्रमलाई पनि जारी राखेको छ।
ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ दुवैमा ६.५ इन्च स्क्रिन छ र ग्यालेक्सी ए–३५ को भिजन बुस्टरले गर्दा प्रकाशको विभिन्न अवस्थामा पनि दृश्य तथा फोटो सफा र उज्यालो देखिन्छ।
इन्स्टा फाइनान्सको साथसाथै, ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ लिन सक्नेछन् । यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्यांकनमा थप रु. २,५०० बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा रु १,५०० बोनस पाउनेछन्।