१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चक्रपथ सडक स्तरोन्नति छिटो गर्न सांसद पाैडेलकाे माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१५:oo

प्रतिनिधिसभाको सोमबारको बैठकमा काठमाडौं चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ।

बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौंका लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको बताए। उनले काठमाडौंमा ट्राफिक व्यवस्थापनका लागि पनि विष्णुमती करिडोरलगायत सडक तत्काल निर्माण गर्न माग गरे। 

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेमबहादुर आलेले डोटीको सेती नदी नियन्त्रणका लागि माग गरे। नेकपा (एमाले)का सांसद निर्मला कोइरालाले मधेश प्रदेशको विकासका लागि कृषिलाई प्राथमिकतामा राख्न माग गरे।

ad
ad