Skip This
सीमास्तम्भ मर्मतमा नेपाली पक्ष तीव्र, भारतीय सुस्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ४ आइतबार
  • Saturday, 27 July, 2024
२o८o चैत ४ आइतबार १३:१६:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

सीमास्तम्भ मर्मतमा नेपाली पक्ष तीव्र, भारतीय सुस्त

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o चैत ४ आइतबार १३:१६:oo

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत बारा जिल्लामा निर्माण गरिएका सीमास्तम्भ जीर्ण भएपछि त्यसको मर्मत सुरु भएको छ।

सन् २०१४ मा बसेको सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले मर्मतसम्भार गर्ने निधारण गरेअनुसार बारामा सीमास्तम्भको मर्मत सुरु गरिएको हो।

यसअघि नापी विभागबाट सीमास्तम्भ मर्मत गरिन्थ्यो, तर ०७७ साल साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले मर्मत गर्नुपर्ने सीमास्तम्भको जिम्मेवारी सशस्त्र प्रहरी बललाई सुम्पिएको थियो। 

सरकारबाट मर्मतसम्भार गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले बाराको सदरमुकाम कलैया उपमहानगरपालिका, पचरौता तथा सिम्रौनगढ नगरपालिका, फेटा, विश्रामपुर, सुवर्ण, र प्रसौनी गाउँपालिकासंग सीमा जोडिएको नेपाल–भारतको ६० किलोमिटर सीमा क्षेत्रमा ६ सय ८६ स्तम्भ छन्।

बारामा रहेका ६ सय ८६ स्तम्भमध्ये भारतले जोर नम्बर र नेपालले बिजोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने सहमति भएअनुसार नेपालले मर्मत सुरु गर्न थालेको हो। 

एक सय १४ वटा सीमास्तम्भमध्ये हाल एक सय १२ वटा सीमास्तम्भ मर्मत, रङरोगन गर्ने काम भइरहेको छ भने दुईवटा स्तम्भ पुनर्स्थापना गर्नुपर्ने देखिएको हो। यी दुई स्तभ्भ पूर्ण रूपमा क्षति भई भत्किएको छ भने पूर्ण रूपमा क्षति भएको स्तम्भ पुनर्स्थापना भने अर्को सीमा कार्य समूह (बिडब्लुजी)को बैठकले निर्णय पछि मात्रै हुने बताइएको छ।  

नेपालले सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले जानकारी दिए। पछिल्लो केही वर्षयता बाराका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ।

नेपाल सरकार र भारत सरकारको संयुक्त टोलीले सीमास्तम्भ मर्मतको काम सुरु गरेको हो। लामो समयसम्म सीमास्तम्भ मर्मतको काम नहुँदा बनाइएका स्तम्भ भत्किएका थिए।

‘नेपाल र भारतको संयुक्त टिम छ, यही टिमले सीमास्तम्भ मर्मतको काम अघि बढाएको हो,’ सशस्त्र प्रहरी उपरीक्षक सन्तोषबहादुर सिंहले भने, ‘जोर नम्बर भएको सीमास्तम्भ भारत तर्फबाट र बिजोर नम्बर रहेको सीमास्तम्भको मर्मत नेपाल सरकारको तर्फबाट गरिन्छ, मर्मत गर्दा संयुक्त कार्यदल सँगसँगै हुन्छ।’

सरकारले दिएको जिम्मेवारीअनुसार सशस्त्र प्रहरी बलले भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुरु गरेको सशस्त्र प्रहरी उपरीक्षक सिंहले बताए। 

पूर्वमा रौतहट र पश्चिममा पर्साको सिमानासम्म ६० किलोमिटरमा बारा जिल्लामा मात्रै ६ सय ८६ वटा सीमास्तम्भ छन्। यीमध्ये अहिले एक सय १२ वटा जीर्ण स्तम्भकाे मर्मत भएकाे छ। 

तीमध्ये दुईवटा सीमास्तम्भ पुनर्स्थापना गर्नुपर्नेछ। सीमामा तीन किसिमका स्तम्भ छन्, मुख्य स्तम्भ जंगेपिल्लर, मध्यम खालको सहायक स्तम्भ र सानो आकार छन्। नेपालले जोर र भारतले बिजोर नम्बर गरी आधा–आधा पिल्लर बनाउने सहमति भएको थियो।

भारतीय पक्ष सुस्त

भारतीय पक्षको जिम्मामा रहेका पिल्लरहरू मर्मत गर्ने जिम्मा एसएसबीले पाएको छ, तर भारतीयतर्फले जिम्मा पाएका पिल्लर मर्मत भने सुस्त गतिमा भइरहेको पाइएको छ। 

जोर नम्बर भएको सीमास्तम्भको मर्मत तथा रङरोगन भारतले गर्ने सहमति भए तापनि भारतले भने क्षतिग्रस्त भएका स्तम्भको मर्मतका निम्ति कुनै कार्य गरेको छैन। 

भरतीय एसएसबीका अनुसार भारतीय पक्षले समयमै काम पूरा गर्ने बताएको छ। एसएसबीले भारततर्फ निर्माण कार्यमा सुस्तता देखिएको कारण बजेटको अभावमा कामले गति नलिएको र भारत सरकारले समयमै पूरा गर्छौँ भनेको हुँदा चाँडै बजेट आउने उनले बताए।

सन् २००७ मा नेपाली प्राविधिक टोलीले गरेको अध्ययनअनुसार नेपाल–भारतको सीमा क्षेत्रमा नदीमा रहेको ६४० सहित झन्डै आठ हजार पिल्लर भेटिएका थिए। जसमा एक हजार दुई सय ४० वटा पिलर हराएको पाइएको थियो। 

नेपालको सर्भे विभागका अनुसार त्यतिखेर दुई हजार पाँच सय पिल्लर मर्मत गर्नुपर्ने र चार सयवटा पिल्लर नयाँ निर्माण गर्नुपर्ने देखिएको थियो।

नेपालको छिमेकी मुलुक भारतसँग सीमा जोडिएका क्षेत्रमा वेला–वेला विवाद आउने गर्छ। विशेषगरी भारतसँगको खुला सीमाका कारण सीमास्तम्भको सुरक्षा सधैँ चासोको विषय बन्ने गरेको हो।