१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format ११:३४:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

बंगलादेशी र नेपाली साहित्यकारबीच सहकार्यबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३४:oo

बंगलादेशको राजधानी ढाकामा दुई देशका साहित्यकार तथा चलचित्र निर्माताबीच साहित्यिक एवं सांस्कृतिक आदानप्रदानका विषयमा छलफल भएको छ । बंगाली कवि तथा साहित्यकार साहजाह कबिर तथा कवि मोहम्मद फारुखले नेपाली साहित्यको चर्चा गर्दै नेपाल–बंगलादेशबीच साहित्यिक–सांस्कृतिक आदानप्रदानको भावी कार्यक्रमको रूपरेखाबारे धारणा राखे ।

कार्यक्रममा अनुवाद साहित्यमा जोड दिने तथा दुई देशबीच साहित्यिक–सांस्कृतिक कार्यक्रमका लागि पहल गर्नेबारे छलफल भएको थियो ।

गीतकार तथा अनुवादक राजेन्द्र गुरागाईं, साहित्यकार युवराज नयाँघरे, कवि ऋषभदेव घिमिरे, कवि तथा चलचित्र निर्माता राजेन्द्र केसी, भानु प्रतिष्ठानका कोषाध्यक्ष हरिबोल ढकाल, बंगलादेशका साहित्यकार, पत्रकार तथा साहित्य शिल्पी मनोज गुर्खा, सल्लाहुद्दिन खान कुट्टु,अबुल हुसेन मजुमदार, जहागिर सिक्दर, मोहम्मद इम्दादुल हक तैड्ढयब, अतिक रहमान, आशिष रोय, डा. हसन सरिफ, रिएत खान, सुरैया मुन्नी, मानिकगन्ज नगरपालिकाका मेयर मोहम्मद रमजान अलीलगायतको उपस्थितिमा भएको छलफलले यथाशक्य भावी योजना तय गर्ने जानकारी अतिक रहमानले दिए ।