१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ४ आइतबार १०:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जोन्टा क्लबद्वारा उत्कृष्ट महिला सम्मानित

Read Time : < 1 मिनेट
२०८० चैत ४ आइतबार १०:४४:००

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरूमा प्राप्त विशिष्ट महिला उपलब्धिहरूको उत्सव मनाउँदै जोन्टा क्लब काठमाडौं पनि सहभागी भएको छ ।

पहेँलो गुलाब दिवसको कार्यक्रममा जोन्टा क्लब काठमाडौंले विभिन्न क्षेत्रका महिलालाई पुरस्कृत गरेको कार्यक्रममा महिलामा गरिएको लगानी, उत्कृष्ट विश्वका निम्ति गरिएको लगानी भएको जोन्टा क्लब काठमाडौंका प्रमुख आबा शाहले बताइन् । ‘यस वर्ष हामीले आ–आफ्ना क्षेत्रमा अविस्मरणीय छाप छाडेका १० अत्यन्त उत्कृष्ट महिलालाई सम्मानित गर्न पाउँदा अत्यन्तै गौरवान्वित छौँ, जसले युवती र महिलालाई आफ्ना सपना पूरा गर्न थप अग्रसर हुने हौसला प्रदान गर्नेछ ।’

पुरस्कृत हुनेमा राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार २०२४ वन्दना राणाले पाएकी छिन् । त्यस्तै, अमर राणा गेम चेन्जर पुरस्कार २०२४ सुनीता डंगोल, ज्योति छात्रवृत्ति पुरस्कार २०२४ सरिस्मा बस्नेत र प्रेरणा सापकोटा, इन्द्रकला छात्रवृत्ति पुरस्कार २०२४ खुसी श्रेष्ठ र दीप्ति गौतमले प्राप्त गरेका छन् ।

त्यस्तै, फोटोग्राफर अनसंग शेर्पा र मैया श्रेष्ठ, बाइक मेकानिक्स सुनीता कोइराला, पाइलट प्रशिक्षक यशोधरा थापा बडी बिल्डर र रजनी श्रेष्ठलाई पनि सम्मान गरिएको छ । साथै, जोन्टा क्लब, काठमाडौंले हिंसाका सिकारलाई कानुनी सेवा प्रदान गर्ने वकिलको पहिचान र सम्मान पनि गरेको छ ।