१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

तिलु शर्माले ल्याए ‘बैमानी लाहुरेले लाँदैन’ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:५९:oo

चर्चित रत्यौली गीत ‘च्याप्प पर्वते माया’को भाग दुई बजारमा आएको छ। तिलु शर्माले रत्यौलीको सिक्वेलका रूपमा ‘बैमानी लाहुरेले लाँदैन’ बोलको गीत दर्शक स्रोतामाझ पस्किएका हुन्।

एक वर्षअघि रिलिज भएको मौलिक रत्यौली ‘च्याप्प पर्वते माया’ले दर्शक स्रोताको राम्रो माया पाएपछि आफ्नै युट्युब च्यानल ‘बाबा इन्टरटेनमेन्ट टिभी’बाट सिक्वेल रिलिज गरेको तिलुले बताए।

गीतमा प्रवेश पौडेल, श्याम क्षेत्री, टीका सानु र समीक्षा अधिकारीको स्वर छ। गीतको शब्द र संगीत गायक पौडेलका हुन्। गीतमा याम थापामगरले १४ वटा मादल प्रयोग गरेर संगीत भरेका छन्।

गीतको म्युजिक भिडियोमा दुर्गेश थापा, गरिमा शर्मा, रवि कार्की र गायिका सानुको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रविन थापाले गरेका हुन्। भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्।

ad
ad