१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १८:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राैतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, तीन भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १८:१२:oo

रौतहटको परोहा नगरपालिका– ९ खापचोकमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ। खापचोकस्थित शिवम् मनी ट्रान्सफरमा लुटपाटका क्रममा लुटेराहरूले सञ्चालक २६ वर्षीय नितेश साहलाई गोली प्रहार गरेका हुन्।

शुक्रबार दिउँसो हतियारसहित मोटरसाइकलमा आएको तीनजनाको समूहले मनी ट्रान्सफर सञ्चालक साहलाई धम्क्याउँदै लुटपाट गर्‍याे। सो क्रममा लुटेरा समूहले साहलाई गोली प्रहार गरेको हो। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी एलिजा गिरीले घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेका प्रवक्ता तथा डिएसपी गिरिले जानकारी दिइन्।

पक्राउ पर्ने तीनैजना भारतीय नागरिक हुन्। भारत मोतीहारीका मुनिशकुमार यादव,  राजनकुमार पासवान र चन्द्रभान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोलसहित घटनाको केहीबेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

ad
ad