१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार हजार घुस लिएका अमिन ढकाललाई १५ दिन कैद हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नापी कार्यालयमा कार्यरत अमिन गोविन्द ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई १५ दिन कैद तथा चार हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ।

विशेष अदालतले दुई महिनाअघि दायर मुद्दामा ठहर हुने फैसला गरेको हो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो।

ढकालले सेवाग्राहीसँग जग्गा नापजाँच गरी लालपुर्जा दिनका लागि चार हजार रुपैयाँ मागिरहेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको थियो। यसै वर्ष ११ पुसमा उनलाई पक्राउ गरिएको थियो भने १७ माघमा विशेषमा अभियोगपत्र दायर भएको थियो।

मुद्दा दायर भएको दुई महिना नपुग्दै फैसला आएको हो। मुद्दा दर्ताको डेढ महिनामै विशेषले कसुर कायम हुने फैसला गरेको छ।