१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
शुक्रबारकाे प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरू ‘वेल’ घेर्न लम्कँदै । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कमलराज भट्ट काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस सांसदले घेरे ‘वेल’, ४ चैतसम्मलाई बैठक स्थगित

प्रधानमन्त्रीसँग जवाफ मागेको कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:३१:oo

प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसदहरूले ‘वेल’ घेराउ गरेपछि प्रतिनिधिसभाको बैठक ४ चैतसम्मका लागि स्थगित भएको छ । 

त्यसअघि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले गरेको सहमतिको प्रयास सफल नभएपछि उनले बैठक अघि बढाएका थिए । 

दोस्रोपटक बैठक सुरु हुँदै सभामुख घिमिरले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरू ‘वेल’ घेराउ गर्न कुदेका थिए । 

गृहमन्त्री लामिछानेलाई वेलमा उक्लिन नदिने रणनीतिमा रहेका कांग्रेस सांसदहरूलाई मर्यादापालकहरूले छेकेपछि त्यहीँ उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको विरोधमा नाराबाजी गरेका थिए । 

लगातार नाराबाजी भइरहेपछि सभामुखले कार्यसूचीमा रहेका बाँकी विषयहरू कार्यसूचीबाट हटाई बैठक ४ चैत बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी गराए । 

कांग्रेस सांसदहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘सहकारी ठग गृहमन्त्री राजीनामा दे’ भन्दै केहीबेर नाराबाजी गरेका थिए । 

त्यसअघि सभामुखले आफ्नो कार्यकक्षमा सबै प्रमुख दलका प्रमुख सचेतकको बैठक राखेर सहमतिको प्रयास गरेका थिए । बैठकमा विपक्षी सांसदहरूले गृहमन्त्रीले प्रस्ताव पेस गर्ने विषय कार्यसूचीबाट हटाई बैठक अघि बढाउन माग गरेका थिए भने सत्तापक्षले त्यसो गर्दा गलत नजिर बस्ने भन्दै अस्वीकार गरेका थिए । 

कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाका प्रमुख सचेतकबीच भएको छलफलनिष्कर्षहीन भएपछि सभामुखले पुरानै कार्यसूचीअनुसार बैठक अघि बढाउन खोजेका थिए ।  

ad
ad