१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खैरो हेरोइनसहित काभ्रेबाट एक व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १२:२१:oo

काभ्रेको पनौती नगरपालिका– ५ नैकिनटारबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा लागुऔषध ब्युरो, जिल्ला प्रहरी कार्यालय काभ्रेका र इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले युवकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार पनौती–५ का ४१ बर्षीय नकुलप्रसाद तिमिल्सिना अन्दाजी ३८ ग्राम खैरोहेरोइनसहित पक्राउ परेका हुन्।

लागुऔषध  ब्युरोले खैरो हेरोइनसहित पक्राउ अर्का एक व्यक्तिलाई सोधपुछ गर्ने क्रममा उनले आफूले तिमिल्सिनासँग खरिद गरी ल्याएको बताएपछि प्रहरीले तिमिल्सिनालाई पक्राउ गरेको हो।

तिमिल्सिनाको कोठामा छापा मार्दा खैरो हेरोइनजस्तो देखिने ३८ ग्राम वस्तु, डिजिटल तराजु एक थान, ३० हजार नगद, निजको नामको नागरिकता र मोबाइल दुई थान बरामद भएको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ।

ad
ad