१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
शिवहरि घिमिरे काठमाडाैं
Invalid date format o८:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिड थेग्न नसकेपछि एनओसी प्रमुख पौडेलको राजीनामा

विद्यार्थीलाई दिने सेवा चुस्त र प्रभावकारी बनाउन शिक्षामन्त्रीको निर्देशन

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१९:oo

वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रमुख शान्तिराम पौडेलले पदबाट राजीनामा दिएका छन् । सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै पौडेलले बुधबार शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले राजीनामा दिएलगत्तै मन्त्रालयले वासु वस्तीलाई एनओसी कार्यालय पठाएको छ । 

आफूले एनओसीको सेवा प्रवाह सुधार गर्न खोजे पनि मन्त्रालयले जनशक्तिको व्यवस्था नगरिदिएको र सेवा सुधार गर्न नसकिएको भन्दै राजीनामा दिएको पौडेलले बताए । ‘सुधार गर्ने प्रयास धेरैपटक गरेँ, तर मन्त्रालयले एनओसी कार्यालयलाई वास्ता नै गरेन, त्यहाँ सेवा दिन अति सकस भयो । आफैँ बिहानैदेखि सेवा दिन खटिँदा पनि भ्याउने अवस्था थिएन,’ उनले भने, ‘सोही कारण नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।’

 पौडेलले राजीनामा दिएपछि शिक्षामन्त्री सुमना श्रेष्ठ बिहीबार सानोठिमीस्थित एनओसी कार्यालय पुगेकी थिइन् । पौडेलले राजीनामा दिएपछि सेवा प्रवाह जटिल बनेको जानकारी आएपछि श्रेष्ठ एनओसी कार्यालयको वस्तुस्थिति र सेवा प्रवाहबारे बुझ्न त्यहाँ पुगेकी हुन् । उनी त्यहाँ पुग्दा बिहानैदेखि नै सेवाग्राही लामबद्ध थिए भने कर्मचारीले झ्यालबाट सेवा प्रवाह थालिसकेका थिए । 

वैदेशिक अध्ययन अनुमतिपत्र कार्यालयका निवर्तमान प्रमुख शान्तिराम पौडेल भन्छन्– सुधार गर्ने प्रयास धेरैपटक गरेँ, तर मन्त्रालयले एनओसी कार्यालयलाई वास्ता नै गरेन, त्यहाँ सेवा दिन अति सकस भयो । आफैँ बिहानैदेखि सेवा दिन खटिँदा पनि भ्याउने अवस्था थिएन । सोही कारण नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।

मन्त्री श्रेष्ठले केहीबेर कार्यालयको सेवा प्रवाह नियालेपछि एनओसी कार्यालय प्रमुख वस्तीसँग कुराकानी गरिन् । उनले आफू आएपछि सेवा प्रवाह सहज बनाउने बताउँदै मन्त्री श्रेष्ठलाई थप कर्मचारी नराख्न आग्रह गरे । ‘उहाँले कर्मचारी थप्ने बताउनुभएको थियो, तर मैले यहाँ भएका कर्मचारीले काम गर्न सक्छन् भनेँ,’ वस्तीले भने, ‘उहाँले यहाँको समस्याबारे सोध्नुभएको छ, सुधारका लागि कार्ययोजना पनि बनाउन भन्नुभएको छ ।’ 

मन्त्री श्रेष्ठले एनओसी सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिँदै कर्मचारी थप्न परे पनि मन्त्रालय तयार भएको बताएकी थिइन् । ‘यदि सेवा प्रवाहमा समस्या भएको हो भने कर्मचारी थप गर्न सक्छौँ, तर यसरी सेवा प्रवाहमा सास्ती हुनुभएन,’ उनले भनिन् । वस्तीका अनुसार सेवाग्राहीको भिड भएकाले बिहान ७ बजेदेखि फाराम भेरिफाइड र ९ बजेदेखि इस्युको काम गरिएको बताए । हाल कार्यालयमा साढे आठ हजार आवेदन रुजु हुन बाँकी छन् । बिहीबार मात्रै दुई हजार ३४० जनाको आवेदन रुजु भएको छ । अबको चार दिनमा पेन्डिङ आवेदन सकिने र सेवा प्रवाह सहज हुने कार्यालय प्रमुख वस्तीले बताए । 

पछिल्लो तीन महिनायता सेवाग्राहीको भिडका कारण एनओसी कार्यालयका कर्मचारीलाई सेवा दिन हम्मेहम्मे हुने गरेको छ । कार्यालयको तथ्यांकअनुसार जापान जाने विद्यार्थीको संख्या धेरै हुँदा एनओसी कार्यालयलाई भिड थेग्न कठिन हुने गरेको हो । हिजोआज दैनिक एक हजार पाँच सयभन्दा बढी निवेदन आउँछन् । तर, बिहानैदेखि बेलुकी अबेरसम्म सेवा दिँदा जम्मा एक हजारहाराहारी सेवाग्राहीले सेवा लिन पाउँछन् । अन्य सेवाग्राहीको निवेदन पेन्डिङमा राख्ने गरिएको छ ।