Skip This
रुसी फौजमा भर्ना भएका थप सात नेपालीको युक्रेन युद्धमा मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुसी फौजमा भर्ना भएका थप सात नेपालीको युक्रेन युद्धमा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४२:oo

रुसी फौजीमा भर्ना भएका थप सात नेपालीको युक्रेन युद्धमा मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज साँझ विज्ञप्ति जारी गर्दै मृत्यु भएकाहरूको नाम र ठेगाना सार्वजनिक गरेको हो। 

मन्त्रालयले जनाएअनुसार मृत्यु हुनेमा धादिङ घर भएका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी छन्। यसैगरी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवा घर भएका सुन्दर मोक्तानको पनि रुसी सेनामा ज्यान गएको छ। 

विज्ञप्तिमार्फत परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको जनाएको छ। 

यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरूको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई नेपाल सरकारले पुनः अनुरोध गरेको छ।