Skip This
सर्लाहीमा सम्पन्न अन्तरप्रदेश भलिबलको उपाधि भैरवी दललाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १ बिहीबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o चैत १ बिहीबार १७:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सर्लाहीमा सम्पन्न अन्तरप्रदेश भलिबलको उपाधि भैरवी दललाई

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार १७:५३:oo

चितवन भलिबल क्लबलाई पराजित गर्दै नेपाली सेनाको भैरवी दल गणले सर्लाहीको हरिपुरमा सम्पन्न अन्तरप्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

जिल्लाको हरिपुर नगरपालिका–७, चितायनमा बिहीबार सम्पन्न फाइनल खेलमा सर्लाहीको पाँच कुमारीमा रहेको भैरवी दल गण ३–१ सेटले विजयी भएको हो। 

भैरवी दल गणले तीनवटा सेट २५–१८, २५–११ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। चितवन भलिबल टिमले पहिलो सेट २८–२६ ले जितेको थियो। त्यसपछिको लगातार तीन सेटमा भैरवी दल गण पाँच कुमारी सर्लाही विजयी भएको हो। 

जितसँगै भैरवी दल गणले नगद एक लाखसहित सिल्ड र मेडल प्रप्त गर्‍यो भने, उपविजेता बनेको चितवनले ५० हजार र सिल्ड तथा मेडल प्राप्त गरेका आयोजक लक्ष्मीनाथ युवा क्लब चितवनका चेतनारायण धामीले जानकारी दिए।

यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर भैरवी दल गणका पर्शुराम खत्री, उत्कृष्ट लिफ्टमा भैरवीका संजय थापा, चितवनका निकेश महतो, उत्कृष्ट लिब्रो भैरवीका सन्तोष शर्मा र प्रतियोगिताको म्यान अफ द सिरिजमा चितवनका रुनेश थापा घोषित भए। उनीहरूलाई समेत ट्रफी र मेडल प्रदान गरेको आयोजकले जनाएको हो। 

गत फागुण २६ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न प्रदेशका ९ वटा भलिबल टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा सर्लाहीको लक्ष्मीनाथ भलिबल क्लबको दुई टिम, चितवन, मकवानपुर, बारा, महोत्तरी, धनुषा, सशस्त्र प्रहरीको (एपिएफ) बर्दिवास र नेपाली सेनाको भैरवी दल गण पाँच कुमारी सहभागी भएको थियो। 

विगत लामो समयदेखि सञ्चालन हुँदै आएको भलिबल प्रतियोगिता गत वर्षबाट मेयर कपको नाममा सञ्चालन हुँदै आएको छ। 
प्रतियोगिता यस सिजन दोस्रो अन्तरप्रदेशस्तरीय भलिबल मेयर कपको रूपमा आयोजना गरिएको आयोजक लक्ष्मीनाथ क्लबका धामीले बताए। हरेक वर्ष शिवरात्रिको समयमा हरिपुर नगरपालिकास्थित चितवनमा भलिबल प्रतिस्पर्धा हुँदै आएको छ।