१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १८:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

संखुवासभामा आयोजित पालिकास्तरीय भलिबलको उपाधि झापाको दमकलाई

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १८:५२:oo

संखुवासभाको सभापोखरी गाउँपालिकामा तरुण दलले आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले जितेको छ।

मंगलबार भएको फाइनल खेलमा आयोजक सभापोखरीलाई ३–१ सेटले हराउँदै दमकले उपाधि जितेको हो। दमकले २५–१८, २५–१९, २५–१९ अंक प्राप्त गर्दा सभापोखरीले एक सेट २५–१९ ले जितेको थियो।

प्रतियोगितामा भोजपुरको षडानन्द नगरपालिका तेस्रो बनेको छ। बेस्ट प्लेयर रोमन बस्नेत (दमक), बेस्ट स्पाइकर रोशन विक (सभापोखरी), बेस्ट ब्लकर पुकार तामाङ (दमक), बेस्ट सटर राजन लिम्बू (दमक), बेस्ट सर्भर प्रदीप कट्टेल (सभापोखरी) र बेस्ट लिब्रो भुवन केसी (दमक) घोषित भए। पुरुषतर्फ प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो।

त्यसैगरी, खुला वडास्तरीय महिला भलिबल प्रतियोगितामा भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ९ प्रथम भएको छ। २–० को सोझो सेटमा पाँचखपन नगरपालिका वडा नम्बर ८ लाई हराउँदै आमचोक– ९ ले उपाधि जितेको हो।

पाँचखपन नगरपालिका वडा नम्बर ९ ले तेस्रो स्थान हासिल गर्दा सभापोखरी गाउँपालिका वडा नम्बर ३ ले सान्त्वनामा चित्त बुझाएको छ। महिलातर्फ प्रतियोगितामा १० टिमको सहभागिता थियो।

पुरुषतर्फका विजेताले नगद दुई लाख, उपविजेताले एक लाख र तेस्रोले नगद ५० हजार प्राप्त गर्दा महिलातर्फका पहिलो, दोस्रो र तेस्रोले क्रमशः ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ प्राप्त गरेका छन्।

विजेताहरूलाई एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश नेपाली कांग्रेसका उपसभापति टंकप्रसाद राईले पुरस्कार हस्तान्तरण गरे।