१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महासंघको पहलमा १० अर्ब पुँजीको लगानी कम्पनी स्थापना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २९ मंगलबार १०:२८:००

नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी–व्यवसायी सहभागी हुने गरी लगानी कम्पनी स्थापना गरिने भएको छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ रहने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने उनको भनाइ छ । 

सोमबार वीरगन्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा सम्बोधन गर्दै अध्यक्ष ढकालले देशको अर्थतन्त्रको सुधारका लागि आफूहरूले पहल गरिरहेको बताए । राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै उनले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने पनि जानकारी गराए । 

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको उनको भनाइ थियो । लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै उनले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’