१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १९ बुधबार १८:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:४३:oo

संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर फरार रहेका अभियुक्त श्रीमान् पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त मंसिरे शेर्पालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

शेर्पाले गत १८ फागुनमा रातको समयमा मादक पदार्थ सेवन गरी कुटपिट गरेर श्रीमतीको हत्या गरेका थिए। हत्यापछि फरार रहेका शेर्पालाई गए राति साढे ११ बजे खाँदबारी–७ स्थित वेलफेयर डाँडानजिकै आफन्तको घरमा लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अशोककुमार जबेगुले बताए।

उनका अनुसार खाँदबारी नगरपालिका– ११ हरेलो स्थायी घर भएका ३१ वर्षीय मंसिरे शेर्पा र सिलिचोङ गाउँपालिका– २ घर भएकी २६ वर्षीया विनाकुमारी राई खाँदबारी– ७ नयाँ भैरवी दल गुल्म ब्यारेकअगाडि स्थानीय खड्गबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए।

१८ फागुनमा श्रीमान्–श्रीमतीबीच घरायसी विवाद हुँदा मादकपदार्थ सेवन गरेका शेर्पाले श्रीमतीको हत्या गरी फरार भएका थिए। शेर्पाले गाडी चलाउने काम गर्दै आएका थिए।

ad
ad