१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सदरमुकाम खलंगा अब सिसिक्यामेराको निगरानीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:२४:oo

दार्चुला सदरमुकाम खलंगा अब सिसिक्यामराको निगरानीमा रहने भएको छ। महाकाली नगरपालिकाले चालू आर्थिक वर्षमा खलंगाका २२ वटा ठाउँमा सिसिक्यामेरा जडान गरेको छ।

नगरपालिकाले झन्डै १० लाख रुपैयाँ बजेट खर्च गरेर खलंगाको वडा नम्बर ४ मा मात्रै नयाँ पुराना गरी २२ वटा सिसिक्यामेरा जडान गरिएको नगरपालिकाकी उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले बताइन्। नगरपालिकाले १४ वटा नयाँ तथा आठवटा पुराना क्यामेरा मर्मत गरेर जडान गरेको हो।

नगरभित्रको शान्ति सुरक्षाको अवस्था निगरानी गर्न सजिलो हुने उद्देश्यले क्यामेरा जडान गरिएको उनले जानकारी दिइन्। सिसिक्यामेराको निगरानी जिल्ला प्रहरी कार्यालयबाट हुनेछ। जडान गरिएका क्यामेराको आइतबार नगर उपप्रमुख खत्री नेतृत्वको टोलीले अनुगमनसमेत गरेको छ।

नगरपालिकाले रिगनतालनजिक २ वटा, माथिल्लो बंगाबगडको पानी ट्यांकीमा २ वटा, वीरेन्द्र वनमा दुईवटा तथा दुरसञ्चार कार्यालयनजिक र मालिकार्जुन मन्दिरमा तीन–तीनवटा क्यामेरा जडान गरिएको छ। मालिकार्जुन मन्दिर क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्न थालेपछि प्रहरीले विशेष निगरानीसमेत गर्दै आएको छ।

यस्तै, राधाकृष्ण चोक, प्रेम सालिक, लटिनाथ छापाखाना र भन्सार कार्यालयनजिक दुई–दुईवटा क्यामेरा जडान गरिएको छ। बजारमा जोडिएका सिसिक्यामराले दिनहुँ हुने अपराध नियन्त्रणमा सहज हुने विश्वास गरिएको छ।

ad
ad