१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीमा चार राउन्ड गोलीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१७:oo

सर्लाही प्रहरीले चार राउन्ड गोली सहित दुईजनालाई पक्राउ गरेको छ। सर्लाहीकाे बागमती नगरपालिका– १० सोल्टी नहर अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट  खटिएका साझा पोसाकका प्रहरीसमेतको  चेकिङ टोलीले चेक जाँच गर्ने क्रममा चार राउन्ड गोलीसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टीतर्फ आउँदै गरेको बिआर ३० डब्लू ५८८३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एकजना व्यक्तिसँग चार राउन्ड अवैध गोली फेला परेको बताए ।

एसपी ज्ञवाली भने, ‘मोटरसाइकलचालक जिल्ला सर्लाही मंलगवा नगरपालिका– १ बस्ने वर्ष २१ को पोसन महरा रामको साथबाट आठ एमएमको चार  राउन्ड गोली बरामद भएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा बागमती नगरपालिक–  ८ बस्ने वर्ष २४ को रञ्जित रामलाई समेत घरबाट पक्राउ गरी  थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गोली किन ल्याए भने विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकालाई म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । सर्लाही प्रहरीले छोटो समयमै चोरीका ट्रक, लागुऔषध, भन्सार छलीलगायत दर्जनौँ अप्रेसन गरिसकेको छ ।