१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

काठमाडौं महानगरले पुनः सुरु गर्‍यो स्रोतमै  फोहोर वर्गीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:४६:oo

काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहोर वर्गीकरण अभियान पुनः सुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहोर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बन्चरेडाँडामा लाने भन्दै अभियान चलाएको थियो । तर, उक्त अभियान प्रभावकारी नभएपछि स्थगित भएको थियो । 

लामो समयदेखि कामपा–१० को फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेस्ट र मेट्रो सिटी वेस्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहोर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । ‘स्रोतमा फोहोर छुट्याएर कुहिने फोहोरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ,’ प्रमुख श्रेष्ठले जानकारी दिए । कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिक रूपमा स्रोतमा नै फोहोरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । 

ad
ad