१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मापदण्डविपरीत दुई सयभन्दा धेरै प्रहरी नेताको सुरक्षामा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:११:oo

रवि लामिछाने अघिल्लोपटक गृहमन्त्री हुँदा सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय सुरुमै गरे । गृह मन्त्रालयकै चालक र सहयोगीका रूपमा खटिएका प्रहरीलाई उनले फिर्ता पठाएर त्यसको सुरुवात गरेका थिए । अहिले गृहमन्त्री भएपछि फेरि यही विषयमा सुधार गर्नुपर्ने अवस्था छ । 

अहिले पनि गृहमा मापदण्डविपरीत सुरक्षाकर्मी खटिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार नेपाल प्रहरीबाट दुई सयभन्दा धेरै सुरक्षाकर्मी नेता तथा उच्चपदस्थको सहयोगीका रूपमा खटिएका छन् । गत कात्तिकको तेस्रो साता प्रहरी प्रधान कार्यालयले मापदण्डविपरीत देखिएपछि एकैपटक ५८ सुरक्षाकर्मी फिर्ता गरेको थियो । तर, त्यो निर्णय दुई दिन पनि टिकेन । तीमध्ये ९० प्रतिशत सुरक्षाकर्मी दबाबको भरमा पुनः खटाउन थालिएको थियो । 

गृह मन्त्रालयले नै सुरक्षाकर्मी दुरुपयोग गर्दै आएको छ । मन्त्रालयका कतिपय कर्मचारीका चालक सुरक्षाकर्मी छन् । सहसचिवसम्मका कर्मचारीले मात्र गाडीको सुविधा पाउने भएकाले त्यहीअनुसार मन्त्रालयमा चालकको दरबन्दी छ । तर, गृहमा उपसचिवले पनि गाडी प्रयोग गर्छन् । उनीहरूले प्रहरीका चालक राख्दै आएको स्रोत बताउँछ ।

गृह मन्त्रालयले नै सुरक्षाकर्मी दुरुपयोग गर्दै आएको छ । मन्त्रालयका कतिपय कर्मचारीका चालक सुरक्षाकर्मी छन् । सहसचिवसम्मका कर्मचारीले मात्र गाडीको सुविधा पाउने भएकाले त्यहीअनुसार मन्त्रालयमा चालकको दरबन्दी छ । तर, गृहमा उपसचिवले पनि गाडी प्रयोग गर्छन् । उनीहरूले प्रहरीका चालक राख्दै आएको स्रोत बताउँछ । 

निजामतीतर्फका चालकभन्दा प्रहरीका बढी अनुशासित हुने भएकाले केहीले प्रहरीलाई नै रोज्ने गरेका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई गृहमा प्रहरीका केही चालक हुन सक्ने बताउँछन् । तर, ठ्याक्कै संख्या आफूलाई जानकारी नभएको उनको भनाइ छ । 

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकालले सुरक्षा थ्रेटको मूल्यांकन गरेर मात्र सुरक्षाकर्मी पिएसओका रूपमा परिचालन हुने गरेको दाबी गरे । ‘मापदण्डविपरीत हामीले कसैलाई खटाएका छैनौँ,’ उनको दाबी छ । तर, उच्च प्रहरी स्रोतअनुसार दुई सयभन्दा धेरै सुरक्षाकर्मी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ विपरीत खटिएका छन् । 

बहालवाला उच्च प्रहरी अधिकारीले कार्यालयमै खटिएको देखाएरसमेत केही कर्मचारीलाई आफ्नो घरमा राख्दै आएका छन् । केही अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा पनि मापदण्डविपरीत प्रहरी खटिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । कतिपयले नेताहरूको चाकडी गर्नसमेत सुरक्षा थ्रेट नहुँदा पनि पिएसओ खटाउने प्रवृत्ति छ । केही नेताहरूले सुरक्षाका दृष्टिकोणले भन्दा पनि सान र सहयोगीका रूपमा पिएसओ राख्ने गरेका छन् । 

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ ले क–कसलाई व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) दिने भन्ने प्रस्ट उल्लेख छ । तर, पहुँचवाला व्यक्तिहरूले गृह मन्त्रालय तथा प्रहरी नेतृत्व दबाब दिएरै सुरक्षाकर्मी लिने गरेका छन् । 

ad
ad